थर्काेट समाचारदाता
तुलसीपुर १२ बैशाख
खानेपानी आयाेजनाहरुकाे संचालन व्यवस्थापन तथा खानेपानी गुणस्तर सम्बन्धि दुईदिने कार्यशाला गाेष्ठि तुलसीपुरमा सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ ,नेपालकाे आयाेजना तथा खानेपानी तथा सरसफाइ कार्यालय, घाेराही, दाङ, तुलसीपुर उपमहानगरपालिका दियालाे टेक्नोलोजी प्रा.लि.काठमाडौं , सुप्रिम एसाेसिएटस, काठमाडौं, वउजय इन्टरनेशनल ट्रेडलिङ्क, तुलसीपुर दाङको सहयाेगमा कार्यक्रम सुरुभएकाे हाे । राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ ,नेपालका केन्द्रीय अध्यक्ष खेमराज वलीकाे अध्यक्षता एंव राष्ट्रिसभा सदस्य जगप्रसाद शर्मा (अपार) काे प्रमुख आतिथ्यता तथा द्वय तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का र घाेराही उपमहानगरपालिकाकि नगर उपप्रमुख हुमा डिसीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सुरुभएकाे हाे । कार्यक्रममा
खानेपानी तथा सरसफाइ कार्यालय, घाेराही, दाङका प्रमुख तिलक न्याैपानेले जिल्लाको खानेपानी तथा सरसफाइकाे अवस्थाका माथि प्रकाश पार्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds