




थर्कोट समाचारदाता
सुर्खेत, ३ असोज । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल राउटे समुदायका एक युवा कहिल्यै नर्फकिने गरि कलिलो उमेरमा सदाका लागि अस्ताएकाछन् । यसरी मृत्यु हुनेमा २४ वर्षीय वृषबहादुर शाही रहेको राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष यग्गे बहादुर बुढाले जानकारी दिनुभएको छ । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष बुढाका अनुसार शाहीलाई भदौ ३१ गते क्षयरोग लागेको थियो ।





उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो । उपचार हुन नसकेपछि राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा गएराति ९ बजेको समयमा सुर्खेतको कल्यान काँधमा मृत्यु भएको जानकारी दिनुभएको हो । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गरी भदौ ३१ गते उपचार गर्न सहमति गराई अस्पताल लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार सरुवा टि भी (क्षयरोग) रोगबाट उनको मृत्यु भएको पाइएको छ ।




