काठमाडौ, ७ पौष ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले बढेको जनाएको छ । संगठनले निकालेको प्रेस विज्ञप्तिमा पछिल्लो २८ दिनमा कोभिडका कारण विश्वभर तीन हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् ।

करिब ७० लाख कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ । कोभिड–१९ का एक लाख १८ हजारभन्दा बढी नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष आईसीयूमा भर्ना भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds