









तुलसीपुर, ३० वैशाख । नेपाली काँग्रेसबाट तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार विनील केसीले अग्रता बढाउँदै लगेको निर्वाचन समितिले जनाएको छ । मतपत्रको संख्या घट्दै जाँदा केसीले अग्रता बढाउँदै लगेको समितिले बताएको छ । २ हजार १५ मत गणना गर्दा केसीले १ सय ४६ मतको अन्तरले अग्रता लिनुभएको हो । पौने १० बजेसम्मको मतपरिनाम अनुसार नेपाली काँग्रेसका विनील केसीले १ हजार ५५, प्राप्त गर्दा संयुक्त प्यानलका ललितजंग शाहले ९ सय ९, मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उद्योग उपाध्यक्ष पदमा भने संयुक्त प्यानलका विश्व बस्नेतले ३ सय २८ मतले अग्रता लिनु भएको छ । बस्नेतले १ हजार ९४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी हेमेन्द्र खड्काले ७ सय ६६ मत प्राप्त गर्नुभएको छ । अन्य उम्मेदवार भन्दा अहिलेसम्म सबैभन्दा बढी मत ल्याउने बस्नेत यतिबेला चर्चाकाे शिखरमा हुनुहुन्छ ।
त्यसैगरी संयुक्त प्यानलका अर्का उपाध्यक्ष पदका उम्मेदवार नरेश कुमार राजभण्डारीले १ हजार ४५ मत ल्याउँदा काँग्रेसका खुशल शर्माले ७९६ मत ल्याउनु भएको छ ।
त्यसैगरी काँग्रेसबाट उपाध्यक्ष पदका उम्मदेवार देव बहादुर केसीले १ हजार २१ मत प्राप्त गर्दा संयुक्त प्यानलका डिल्ली बहादुर वलीले ८ सय ३९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी काँग्रेसबाट महासचिव पदका उम्मेदवार केशवराज केसीले १ हजार १९ मत ल्याउँदा संयुक्त प्यानलले ८ सय ३९ मत प्राप्त गनुएभएको छ ।


