


सल्यान, १० असार । सल्यानको कपुरकोट गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथामिकता दिने भएको छ । गाउँपालिकाको १५ औं गाउँसभामा अध्यक्ष दुर्गा बहादुर पुनले एकिकृत कृषि बिकास कार्यक्रम मार्फत किसानका लागि बिशेष निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । आज प्रस्तुत गरिएको निति तथा कार्यक्रममा कृषि,स्वास्थ्य र शिक्षा संगै अन्य क्षेत्रलाई पनि बिशेष प्राथामिकतामा राखिएको छ । गाउँपालिकाले यस आर्थिक बर्षमा सञ्चालन गरेको अध्यारो मुुक्त पालिका,एक घर एक धारा,खरको छाना मुक्त घर,सुरक्षित नागरिक आवास कार्यक्रम,जागरण अभियान लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
सुरक्षित र सुशासनयुक्त गाउँपालिकाको रुपमा बिकास गर्ने मुख्य उदेश्य सहित प्रस्तुत गरिएको निति तथा कार्यक्रममा कृषि बिकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स सञ्चालन,घरमै जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण,आधारभुत अस्पतालको सेवा बिस्तार, प्रबिधि मैत्री बिद्यालय सञ्चालन,आन्तरिक पर्यटन प्रवद्र्धन तथा कला संस्कृती संरक्षण, युवा तथा खेलकुद बिकास, स्वास्थ्य तथा आयुर्वेद सेवा, पूर्वाधार तथा यातायात, महामारी, बिपद व्यवस्थापन तथा वन, वातावरणका क्षेत्रले प्राथामिकता पाएका छन् । निति तथा कार्यक्रममा लैंगिक समानता, महिला, बालबालिका,जेष्ठ नागरिक तथा समाज कल्याण, सहकारी तथा उद्यम बिकास र गरिबी निवारण, श्रम तथा रोजगार, राजस्व प्रशासन तथा प्रवद्र्धन,सुशासन तथा सेवा प्रवाहजिन्सी व्यवस्थापन र कानुन, न्याय तथा सचेतना एबम् मानव अधकिारको क्षेत्रलाई समावेश गरेर बिभिन्न योजना, क्रियाकलाप तथा अभयिान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
