दाेर्ण के.सी.
दाङ, १८ पुस।
सल्यानकाे कपुरकाेट गाउँपालिकाले निशुल्क रुपमा लाेकसेवा तथा शिक्षक सेवाकाे तयारी कक्षा सञ्चालन गर्न लागेकाे हाे । कपुरकाेट गाँउपालीकाकाे आ.व ८०/८१ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार लाेकसेवा अन्तरगत नासु र खरिदार वा साे  सरहकाे प्रथम पत्र र शिक्षक सेवा आयाेग अन्तरगत प्रा बि तहकाे प्रथम पत्रकाे तयारी कक्षा सञ्चालन गर्न लागेकाे कपुरकाेट गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिनुभयाे। उहाँका अनुसार भाैतीक रूपमा निशुल्क तयारी कक्षा नेपाल राष्ट्रिय मावी किमिचाैरमा बिहान  ६ बजेदेखी साढे ८ बजेसम्म सञ्चालन हनेछन ।अनलाईन कक्षा सञ्चालनका लागि भने कम्तीमा १० जना प्रशिक्षार्थी भएमा पालीका भित्र रहेका सबै मावी विद्यालयमा गुगल मिटकाे माध्यमबाट भाैतीक कक्षाकाे प्रसारण गर्ने ब्यवस्था मिलाइनेछ। कपुरकाेट गाँउपालीका भित्र रहेका  शिक्षक तथा कर्मचारीले तयारी कक्षा लिन सकिने प्रमुख  प्रशासकीय अधिकृत वलीले बताउनुभयाे ।तयारी कक्षा लिन ईच्छाएकाे विषय र व्यक्तिगत तथा शैक्षिक बिवरण कपुरकाेट गाँउपालीका शिक्षा युवा तथा खेलकुद शाखामा अनलाइन र अफलाइन दुबै माध्यमवाट माघ २ गतेसम्म फाराम भर्न सकिनेछ । तयारी कक्षा माघ १४ देखि सञ्चालन हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds