दाङ, २ माघ ।
बाँकेको बैझापुरबाट तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको छ । मंगलबार (आज) बिहान साढे चार बजेतिर भएको दुर्घटनामा परी १० जना घाइते भएका छन् ।दुर्घटनामा एक जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ । तुलसीपुर-५ बस्ने वर्ष ३२ का अर्जुन शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । दुर्घटनामा अन्य नौ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।तुलसीपुर-अमिलिया सडकखण्ड अन्तर्गत तुलसीपुर-११ उरहरीमा जीप दुर्घटनामा परेको हो ।बाँके बैझापुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ७०५ नम्बरको जिपको सापट फुत्किन गई रोडको दाहीनेतर्फ पल्टीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds