




दा्र्ण के.सी.
तुलसीपुर, २१ साउन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले सोमबार एक कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष २०८०र०८१ को वार्षिक कार्य सम्पादन समीक्षा कार्यक्रम पत्रकार सम्मेलन मार्फत सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायक उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले वार्षिक कार्य सम्पादनको समीक्षा गर्दै विभिन्न शीर्षकमा राम्रो लक्ष्य प्राप्त गरेका बताउनु भएको थियो । इलाका प्रहरी कार्यलयको कार्यक्षेत्र अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं २ देखि १९ र दंगीशरण, बबई, शान्तिनगर गाउँपालिकाहरुका सबै शान्ति सुरक्षा व्यवस्था इप्रका खितलपुर भएतापनि सो क्षेत्र समेतका अपराधका अनुसन्धान कार्यहरु यस कार्यलयबाटै हुनेगरेको उहाँले बताउनुभएको थियो । नेपाल प्रहरीको महत्त्वपूर्ण जिम्मेवारी भित्र रहेको अपराध अनुसन्धान कार्यलाई बैज्ञानिक र तथ्यमा आधारित अनुसन्धान हुन्नुपर्छ भन्ने मान्यता रहेको र आफ्नो जिम्मेवारीलाई हरपल निभाउन कोशिस गरेर लक्ष्य प्राप्त गरेको उहाँले बताउनु भएृको थियो । सबै नागरिकका जनगुनासालाई सार्वजनिक सेवाको पहुँचमा सरल सहज तरिकाले प्रदान गर्ने आफ्नो कोशिस रहने पोखरेलले बताउनु भएको थियो ।

प्रहरी नायक उपरीक्षक पोखरेलका अनुसार आव २०७२र७३ देखि २०८०र०८१ मा दर्ता भएका अपराध ७।९१ प्रतिशतले वृद्धि भएको छ । २०७८र०७९ मा ४ सय २५ मुद्दामा सबै फर्छ्यौट भएका छन् । त्यस्तै २०७९र०८९मा ४ सय मुद्दामा २ सय ५९ फर्छ्यौट भएको र १ सय ४१ बाँकी रहेको छ भने २०८०र०८१ मा ५ सय ४३ मुद्दामा ३७४ फर्छ्यौट भएको र १ सय ६९ बाँकी रहेको छ । आ.व. २०८०र८१ मा मुख्य दर्ता भएका अपराधमा सबै भन्दा बढी ज्यान सम्बन्धी १ सय १ वटा मुद्दा, आत्महत्या सम्बन्धी ७७ वटा, चोरी सम्बन्धी ३९ वटा, संगठित तथा आर्थिक अपराध सम्बन्धी १७ वटा, सार्वजनिक शान्ति सार्वजनिक हित सुरक्षा र नैतिकता बिरुद्धका कसुर सम्बन्धी १३० वटा, महिला तथा बालबालिका सम्बन्धी ७८ वटा, सवार सम्बन्धी ३१, विपद सम्बन्धी ६९ र जम्मा ५ सय ४३ मुद्दा दर्ता भएको पोखरेलले जानकारी दिनुभएको थियो । त्यसैगरी २०८० र ०८१ मा हराएका मानिसहरु जम्मा ४ सय ३४ जना मध्ये ३ सय ६७ जना फेला परेको र ६७ जना अझैसम्म फेला पर्न नसकेको पोखरेलले बताउनु भयो । समुदायिक प्रहरी साझेदारी अवधारणा अन्तरगत सचेतनामुलक कार्यक्रम जम्मा २ सय २९ सञ्चालन गरिएको उहाँले बताउनुभएको थियो । आ.व. २०८०र८१ मा भएका मुख्य उपलब्धिहरुमा रकमका साथै मोबाइल लुटपाट गर्नेलाई नियन्त्रणमा लिएको, सर्वसाधारण नागरिकहरुको प्रहरी काम कारबाही, सार्वजनिक शान्ति सुब्यवस्थितप्रति कुनै गुनासो र उजुरी भए सिधै गुनासो व्यवस्थापन अधिकृत समक्ष पुर्याउनको लागि कार्यालयको गेटमा क्युआर कोडको व्यवस्था, सेवाग्राही तथा प्रहरी कर्मचारीहरुलाई शुद्ध पिउने पानीको लागि युरोगार्ड जडान गरिएको जानकारी पनि गराउनु भएको थियो ।

