दोर्ण के.सी.
तुलसीपुर २७ माघ
लघुबित्त वित्तीय संस्थाहरूद्वारा पिडीत दिदीबहिनीहरू आफ्नो अधिकार प्राप्तीका लागि एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागिवक्ताहरूले जोड दिएकाछन् । उनीहरूले पछिल्लो समयमा लघुबित्त बित्तीय संस्थाहरूले गाउँ–गाउँमा गएर बिगतकै समस्यहरू दुःख खदिन लागेकोले सो समस्याको अन्त गरि आफ्ना अधिकार प्राप्तीका लागि सम्पूर्ण लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालका दिदीबहिनीहरू एकजुट भएर लाग्नुपर्ने बताएका हुन् । (आर्थिक क्रान्तिका लागि जन आन्दोलनमा जुटौ, ऋण मुक्त जन्ता, ऋण मुक्त देश, देखपछि आउँछ विकासको भेल) भन्ने मुलनाराका साथ लघुबित्त तथा बित्तिय शोषण बिरुध्द को सघंर्स समिति नेपाल को तुलसीपुर नगर कमिटीको नियमीत बैठकलाई आईतबार दाङको तुलसीपुरमा सम्बोधन गर्दै सहभागीवक्ताहरूले सो करामा जोड दिएका हुन् । लघुबित्त तथा बित्तिय शोषण बिरुध्दको सघंर्स समिति नेपालको तुलसीपुर नगर कमिटीका अध्यक्ष शरण थारू चौधरीको अध्यक्षतामा सम्पन्न सो बैठकमा लघुबित्त तथा बित्तिय शोषण बिरुध्द को सघंर्स समिति नेपालका केन्द्रीय सदस्य तथा थर्कोट त्रैमासिक पत्रिकाका प्रकाशक दोर्ण के.सी., लघुबित्त तथा बित्तिय शोषण बिरुध्द को सघंर्स समिति नेपाल को तुलसीपुर नगर कमिटीका उपाध्यक्ष उर्मिला, बुढा, सचिव जानकी सुनार ललगायत सम्पूर्ण नगर कमिटी परिवारको सहभागिता रहेको थियो । बैठकले लघुबित्त तथा बित्तिय शोषण बिरुध्दको सघंर्स समिति नेपालको हरेक समाचार सम्प्रसनका लागि थर्कोट त्रैमासिक म्याग्जिन पत्रिकाद्वारा सञ्चालित THARKOT.COM.NP लाई जिम्मा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds