दोर्ण के.सी.
काठमाडौं २० फागुन
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताउनुभएको छ। मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको अवस्थामा कुनैपनि दलका नेताहरूले करोड खर्च नगरी चुनाव जित्न सक्ने अवस्थामा नरहेको बताउनुभएको हो ।‘त्यसरी चुनाव जितेको‌ नेताले गर्ने भ्रष्टाचार नै हो, भ्रष्टाचार, लुटपाट गर्ने काम अहिलेका नेताहरूबाट भइरहेको छ,’ उनले भने, ‘त्यो राजनीतिक अस्थिरताका कारण हो । अहिले देश व्यापारीको हातमा छ।’त्यसैले अहिले हुने गरेको चुनाव नै खारेज गरिनुपर्ने उहाँको तर्क रहेको छ । माओवादीले परिवर्तनको आन्दोलनलाई भ्रष्टीकरणतर्फ उन्मुख बनाएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds