अस्मिता अधिकारीसँगै नाचे ज्ञानज्योती कलेजका बिद्यार्थी

Byदोर्ण के.सी.

२८ चैत्र २०८०, बुधबार १६:१४ २८ चैत्र २०८०, बुधबार १६:१४ २८ चैत्र २०८०, बुधबार १६:१४

थर्कोट समाचारदाता
तुलसीपुर २८ चैत

दाङ तुलसीपुरमा लोकप्रिय गायिका अस्मिता अधिकारीले आफ्नो प्रस्तुती सहित बिद्यार्थीहरुलाई नचाएकी छिन् । दाङ तुलसीपुर स्थित ज्ञानज्योती एजुकेशन फाउन्डेसनद्धारा सन्चालित ज्ञानज्योती माध्यमिक विद्यालय तुलसीपुर कक्षा ११ का विद्यार्थीले बुधबार एक कार्यक्रमको आयोजना गरि कक्षा १२ का बिद्यार्थीहरुलाइ बिदाइ कार्यक्रम सम्पन्न गरेकाछन् । आज चैत्र २८ गते ज्ञानज्योती माध्यमिक बिद्यालयको आफ्नै प्राङ्गण मा कार्यक्रम गरी कक्षा १२ का बिद्यार्थीलाई बिदाई गरिएको हो ।
बैशाख १५ गते देखि सन्चालन हुन लागेको कक्षा १२ को परिक्षामा सहभागी हुन लागेको बिद्यार्थीहरुलाई सफल भविष्यको कामना सहित उत्कृष्ट नतिजा प्राप्ती को लागि शुभकामना प्रदान गरिएको हो । ज्ञानज्योती एजुकेशन फाउन्डेसन द्धारा सन्चालित ज्ञानज्योती माध्यमिक बिद्यालय तुलसीपुरले बिद्यार्थीहरुलाइ स्वागत तथा बिदाइ जस्ता विभिन्न कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुलाइ बोलाएर प्रत्यक्ष रुपमा बिद्यार्थी हरुलाइ मनोरन्जन दिने काम गरिरहेको हुन्छ । यसले संघर्ष पछि सफलता प्राप्त गरेका कलाकारहरुलाइ बिद्यार्थी सामु ल्याउँदा सकारात्मक सोँचाइ तथा बिद्यार्थीहरु संघर्ष गर्न पाइला अगाडि बढाउन पछि नहट्ने जस्ता कुरामा वृद्धि हुने बुझाइ बिद्यार्थीमा फाउन्डेसनका सि।इ।ओ सुरेन्द्र जि।सी ले बताएका छन । पछिल्लो समय शैक्षिक क्षेत्रमा प्रतिस्पर्धा भैरहेको समयमा व्यावहारिक शिक्षा प्रदान गर्ने बिद्यालय तथा शैक्षिक नतिजा कै कुरा गर्ने हो भने पनि अग्रस्थानमा ज्ञानज्योती को नाम अगाडि नै आउने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds