









दाेर्ण के. सी.
तुलसीपुर, १७ फागुन ।
दाङको तुलसीपुर–८ मा रहेको अश्वारा खानेपानीको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्र्तगत आज बिहान ७ बजेदेखी मावि अश्वारामा सुरु भएको मतदान दिउँसो २ बजे सकिएको हो । जम्मा ५ सय ७४ मतदाता मध्य २ बजेसम्म ४ सय ९१ जनाले मतदान गरको निर्वाचन संयोजक चक्र भण्डारीले जानकारी दिनुभएकाे थियो । उहाँका अनुसार २ बजेसम्म मतदान स्थलमा प्रवेश गरेका सबैले मतदान गर्न पाएका छन् ।
अहिले मुचुल्का उठाउने काम भइरहेको भन्दै उहाँले अबको केहीबेरमा मतगणना सुरु हुने र साँझसम्म अन्तिम नतिजा सार्वजनिक गरिने बताउनुभएकाे हाे । नयाँ नेतृत्व चयनका लागि दुई प्यानल चुनावी मैदानमा छन् । नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त लोकतान्त्रिक प्यानलले शिवहरी भण्डारी नेतृत्वको टिमलाई अघि सारेको छ भने स्वतन्त्र प्यानलबाट नर बहादुर घर्ती नेतृत्वको टिम प्रतिष्पर्धामा रहेका छन् ।


