


थर्कोट समाचारदाता
अर्घाखाँची ३२ असार ।
अर्घाखाँचीको सुख्खा पहिरोसँगै पुरिएर एक दमपतीको को मृत्य भएको छ । यसरी मृत्यु हुनेमा भूमिका स्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर ति दमपतीको मृत्यु भएको हो । मंगलबार घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरलाई एक्कासी आएको सुख्खा पहिरोले पुरेपछि उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका हुन्। रोजा तुसारेपानीमा गएका श्रीमान्, श्रीमती समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । गोबिन्द र श्यामकलाको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हो ।
