थर्कोट समाचारदाता
तुलसीपुर ०५ माघ

तुलसीपुरमा थारु संस्कृति तथा खाना प्रदर्शनी तुलसीपुर–१२ मा रहेको तुलसीपुर मेट्रो कलेजमा हुने भएको छ ।
थारु समुदायको परम्परागत खाना , कला, रितिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न शनिबार थारु संस्कृति तथा खाना प्रदर्शनी हुने भएको हो । मुल समारोह समितिको बैठकले यसअघि  माघ ५ र ६ गते दुईदिन तुलसीपुर स्थीत अरनीको मैदानमा महोत्सव संचालन गर्ने नीर्णय गरेको थियो । तर आज (बुधवार) समितिले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी माघ ६ गते एक दिन (शनिबार) मात्र थारु संस्कृति तथा खाना प्रदर्शनी सञ्चालन गरीने समितिका संयोजक भागीराम चौधरीले जानकारी दिनुभयो । थारु संस्कृति तथा खाना प्रदर्शनीमा परम्परागत व्यञ्जनहरु, खाना पकाउने विधिहरु, स्वदेशी सामग्रिहरु, पुस्ताहरुबाट पारित भएका कला अभ्यासहरुसहित स्वादिष्ट थारु व्यञ्जनहरुको प्रदर्शन गरिने मूल आयोजक समिति संयोजक चौधरीले बताउनुभयो। थारु कला संस्कृतिको जगेर्ना र खानाहरुको प्रचारप्रसारमा टेवा पु¥याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गर्न लागिएको उहाँले बताउनुभयो । त्यस अवसरमा थारु एकल र समुहगत नृत्य प्रतियोगिता, थारु खानाको प्रदर्शनी, उद्यमीहरुले उत्पादन गरेका सामग्रि प्रदर्शनी गरिने सह-संयोजक छविलाल चौधरीले बताउनुभयो ।स्थानीय आर्थिक विकास र दिगो जीविकोपार्जनमा थप सहयोग पु¥याउन थारु संस्कृति तथा खाना प्रदर्शनी गर्न लागिएको उहाँले बताउनुभयो । थारु खानाको प्रचारप्रसार गरि आर्थिक रुपान्तरण गर्न सकिने सदस्य सन्तोष दहीतले बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण सदस्य थारु संस्कृति तथा खाना प्रदर्शनी मुलसमारोह समिति सदस्यसचिव दिप्तीशिखा चौधरीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds