










थर्कोट समाचारदाता
तुलसीपुर, ५ कार्तिक ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले पातुखोलाबाट १ वटा र ग्वारखोलाबाट १२ वटा गरि १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ को पातुखोलामा र वडा नम्बर १२ र १६ मा पर्ने पुकार पसलदेखि दक्षिणतर्फ ग्वारखोलामा बिना सूचना गिट्टी बालुवा निकासी गरिरहेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मापदण्ड बिपरित खोलाबाट गिट्टी बालुवा निकालीरहेको अबस्थामा १२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको हो । उहाँकानुसार तुलसीपुर उपमहानगरपालिकाले ठेक्का लगाएको ठाँउमा आबश्यक प्रक्रिया पुरा नगरी गिट्टी बालुवा निकालेकाले ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताउनुभएको हो । ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिर्इएका ट्याक्टरलाई आवश्यक कार्वाहीका लागि तुलसीपुर उपमहानगरपालिकाको जिम्मा लगाइएको जनाएको छ।



