दोर्ण के.सी.
तुलसीपुर ३ कात्तिक
अप्टिमिष्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा एकराज भण्डारी निर्वाचित भएका छन् । तेस्रो कार्यकाकालका लागि शनिबार एक कार्यक्रमका बिच अध्यक्षमा भण्डारीलाई निर्वाचित गरिएको हो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा मेघराज घिमिरे, उपाध्यक्षमा बिष्णु योगी, र्लियामेन्टरियनमा सुर्य प्रसाद शर्मा, जनसम्पर्क अधिकारीमा डम्बर डाँगी, सचिवमा केश कुमार खड्कालाई चयन गरिएको छ । त्यस्तै डाईरेक्टरहरूमा प्रदिप वली, माधव बस्नेत, बिष्णुकमल न्यौपानेलाई निर्वाचित गरिएको छ । त्यस्तै महासचिबमा मेघराज पोख्रेल, कोषाध्यक्षमा शरण जिएम, प्रवक्तामा दिपक बोहरा र स्वास्थ्य संयोजकमा ओम प्रकाश न्यौपानेलाई चयन गरिएको छ । त्यस्तै प्रमुख सल्लाहकारमा विष्णु कुमार देवकोटा, सल्लाहकारहरूमा झरेन्द्र खरेल, नबराज भण्डारी, घनश्याम डाँगी, गिरीराज डाँगीलाई चयन गरिएको छ । निर्वाचित तथा मनोनितहरूलाई शनिबार तुलसीपुरमा

कार्यक्रम गरि पद हस्तान्तरण गरिएको हो । अध्यक्ष कमल सापकोटाको अध्यक्षता तथा त्रिभुवन बिश्वविद्यालयका सहायक डिन शोभाकर कडेँलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा प्रमुख अतिथि कडेँलले मानिसमा आशा हुनु पर्ने बताउनुभएको थियो । उहाँले आशाले नै तनाब न्यूनिकरण गर्ने भएकाले त्यसले सभ्य समाज निर्माण गर्ने बताउनुभएको थियो । सो अवसरमा विशिष्ट अतिथि व्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगी, प्रमुख सल्लाहकार बिष्णुकुमार देवकोटा, काँग्रेस तुलसीपुरका सभापती सुरेश हमाल, एमाले तुलसीपुरका अध्यक्ष रूपबहादुर खत्री, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगी, अप्टिमिष्ट क्लब अफ घोराहीका अध्यक्ष सनद गिरी, नेपाल शिक्षक संघ तुलसीपुरका अध्यक्ष लेबेन्द्र केसी, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस्तै वर्ष २०२३–२४ मा कार्यकाल सफल बनाउनका लागि भुमिका खेल्ने महासचिब बिष्णु योगी, डाईरेक्टर डम्बर डाँगी, टिम अधिकारीलाई सम्मान गरिएको थियो भने नयाँ सदस्यलाइ समेत स्वागत गरिएको थियो । क्लबको संस्थापक अप्टिमिष्ट इन्टरनेश्नलको लेप्टिनेन्ट गभर्नर मानबहादुर बस्नेतले गर्नुभएको हो । साथै यस पटक निर्वाचन आयुक्तको रुपमा समेत भुमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds