थर्कोट समाचारदाता
तुलसीपुर १७(फागुन
दाङको तुलसीपुर स्थित अरनिको मैदानमा फागुन १५ गते मंगलबारदेखि सञ्चालनमा आएको अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगीता २०८० आज एक कार्यक्रमका बिच समापन भएको छ । युथ अफ तुलसीपुरको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रायोजनमा तीन दिनदेखि सञ्चालनमा आएको अन्र्तराट्रिय कुस्ती प्रतियोगिता २०८० को आज समापन भएको हो । प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापाले उद्घाटन गरेका थिए। आजको खेलमा रोल्पाको त्रिवेणी गाउँपालिकाका कुस्ती बाज गोपाल गौतमले छिमेकी देश भारतका बिल्लालाई हराएका छन् । यसरी रोल्पा त्रिबेणी गाृँपालिकाका गोपाल गौतमले खेल जितेर नेपालको नाम उच्च शिखरमा राख्न सफल भएपछि दर्शकहरू खुसी भई नेपाल भन्दै हुटिङ गरेका थिए। त्यस्तै सुनसरीका राजु थापाले अर्का भारतीय कुस्ती बाजलाई पछार्दा पनि त्यसैगरी दर्शकहरूले ताली बजाएर हुटिङ गरेका थिए । विजेता खेलाडीहरूलाई दर्शकले उपहार स्वरूप नगद पुरस्कार पनि दिएका थिए। नेपाली खेलाडी रिङमा उत्रँदा उनीहरूको पक्षमा चर्को हुटिङ हुने गरेको थियो। प्रतियोगितामा पाँच जनामात्रै नेपाली खेलाडी थिए भने २६ जना भारतीय कुस्ती बाजहरूको सहभागिता थियो।
उक्त प्रतियोगिता हेर्नेहरूको बाक्लो उपस्थिति थियो।
यूथ अफ तुलसीपुरले गत वर्ष पनि कुस्ती प्रतियोगिताको आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds