



दोर्ण के.सी.
तुलसीपुर, ५ माघ ।
एक्कासी बढेको चिसोले गर्दा दाङ सहित देशभरका अस्पतालहरुमा बिरामीको संख्या बढ्दै गएको छ । आजभोली दिउँसो घाम लाग्ने भएपनि बिहान बेलुका लाग्ने हुस्सु र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि विभिन्न रोगका बिरामीहरूको संख्हया बढेको हो । विशेषगरी एक्कासी बढेको चिसोले जेष्ठनागरिक र बालबालिकाहरु बढि जोखिममा पर्ने गरेको पाईएको छ । चिसो बढेसँगै तुलसीपुर उपमहानगरपालिका वडा नं.–३ स्थित प्रतापकोट नगर स्वास्थ्य केन्द्र प्रतापकोटमा चिसोका कारणले हुने रोगका विरामीहरुको संख्या पनि बढिरहेको छ । नगर स्वास्थ्य केन्द्रमा आउने श्वासप्रश्वास सम्बन्धी समस्या भएका विरामीहरु नै सबै भन्दा धेरै रहेको केन्द्रका कार्यालय प्रमुख बसन्त वलीले जनाउनुभएको छ । चिसो बढेसँगै अस्पतालमा रुघाँखोकी, निमोनिया, दम जन्य श्वासप्रश्वास सम्बन्धिका विरामी बढ्न थालेको उहाँले बताउनुभएको छ । प्रतापकोट नगर स्वास्थ्य केन्द्र प्रतापकोट का कार्यालय प्रमुख बसन्त वलीले चिसोको समयमा रुघाखोकी, भाइरल ज्वरो, जोर्नी दुख्ने, बाथ, दम लगायत श्वासप्रश्वास सम्बन्धि समस्या भएका विरामीहरु अत्यधिक मात्रामा आउने गरेको बताउनुभएको थियो । अस्पतालमा उपचारका लागि आउने जम्मा विरामीहरु मध्ये करिव आधा विरामी चिसोका कारणले हुने समस्या भएका विरामीहरु रहेको उहाँको भनाइ छ ।
अस्पतालमा आउने एक सय जना विरामी मध्ये ५०÷६० जना श्वासप्रश्वास जन्य समस्या भएका विरामीहरु हुन्छन्’ उहाँले भन्नुभयो– ‘धेरै जसो दमका विरामी आउँछन् भने मौसमी रुघाखोकी, भाइरल ज्वरो लगायत समस्या भएका विरामी आइरहेका छन् ।’ उहाँका अनुसार चिसो मौसममा जोर्नी दुख्ने, बाथ, एलर्जी, पिनास, रुखाखोकी, निमोनिया जस्ता रोगहरुको जोखिम बढी हुने गर्दछ । ‘चिसो समयमा हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै संक्रमण हुने सम्भावना हुन्छ’ उहाँले भन्नुभयो–‘चिसो मौसममा चिसो हावा तापक्रम न्यून हुन्छ भने चिसो हावामा भाइरस बढी सक्रिय हुन्छन्, त्यसैले गर्दापनि चिसो मौसममा बढी साबधानी अपनाउनुपर्ने हुन्छ ।’ सामान्य रुघाँखोकी मात्रै हुँदा धेरै आत्तिन नपर्ने तर धेरै गाह्रो भएका अस्पताल आएर उपचार गराउन आग्रह गर्नुभएको थियो ।
चिसोबाट बच्न घरायसी सजिलो उपाय नै प्रशस्त मात्रामा झोलिलो खानेकुरा रहेको केन्द्रका कार्यालय प्रमुख वलीको भनाई रहेको छ । यस्तै न्यानो कपडा लगाउन, दिउँसोको घाममा बस्न, रातको समयमा घरबाहिर नबस्न, यात्रा नगर्न, आगो तथा हिटर ताप्ता खुल्ला ठाउँमा बसेर मात्रै ताप्न उहाँले ुबैमा आग्रह गर्नुभएको थियो । स्वास्थ्यको ख्याल गरेर हावा प्रवाह हुने खुल्ला ठाउँमा बसेर मात्रै आगो ताप्नु पर्ने उहाँले बताउनुभएको थियो । चिसोको समयमा फलफुलहरु खानुहुँदैन भन्ने नागरिकहरुको मानसिकतालाई पनि परिवर्तन गर्नु पर्ने उहाँको भनाइ रहेको थियो । मौसमी फलफुलमा मानिसहरुको शरीरमा चाहिने आवश्यक पौष्टिक तत्वहरु पाइने हुनाले दिउँसोको समयमा फलफुल खानु पर्ने केन्द्रका कार्यालय प्रमुख वलीको भनाई रहेको छ ।
उहाँका अनुसार चिसोलाई सामान्य रुपमा लिएर हेल्चेक्राइ गर्दा स्वास्थ्यमा जटिल समस्या देखिन सक्छ । गर्मी महिनामा भन्दा जाडो महिनामा कडा खालका स्वास्थ्य समस्या देखिने भएकाले विशेष साबधानी अपनाउनुपर्ने पनि उहाँले सुझाव दिनुभएको थियो । यो मौसममा विशेषगरी रुघाँखोकी र श्वासप्रश्वासमा संक्रमण हुन सक्ने भएकाले सतर्क रहनुपर्ने केन्द्रका कार्यालय प्रमुख वलीले ुबैलाई सुझाव दिनुभएको थियो को ।
