अत्यधिक चिसोका कारण पश्चिम तराईको जनजीबन कष्टकर

Byदोर्ण के.सी.

१४ माघ २०८०, आईतवार १६:१५ १४ माघ २०८०, आईतवार १६:१५ १४ माघ २०८०, आईतवार १६:१५

काठमाण्डौ, १४ माघ ।  लगातारको हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । झण्डै एक महिनादेखि हुस्सु र कुहिरो लागिरहेको पश्चिम तराईमा बितेका केही दिनदेखि दिनभर नै बाक्लो हुस्सु लाग्ने गरेको छ । समग्र तराई मधेशमै बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकोमा पूर्वी क्षेत्रमा दिउँसोपछि केही खुल्ने भए पनि पश्चिम तराईमा बेलुकासम्मै हुस्सु लाग्ने गरेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अहिले पनि तराई मधेशको सबैजसो क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । तराई मधेशमा आउँदो तीन दिनसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेकोहो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको स्थानियले बताएका छन् । हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेडा लगाएको तरकारी बालीमा क्षति पुर्‍याउने गरेको छ । अझै केही दिन चिसो बढ्ने मौसमविदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds