अत्यधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितको ज्यान गयो

Byदोर्ण के.सी.

१ मंसिर २०८०, शुक्रबार १३:४९ १ मंसिर २०८०, शुक्रबार १३:४९ १ मंसिर २०८०, शुक्रबार १३:४९

दाङ १ मंसिर
अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका(२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका(४ जिरीका नरेन्द्रबहादुर सिंह रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन् । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र अत्याधिक चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको हो । भूकम्पले घरबास गुमेपछि उनीहरु त्रिपालमुनी बस्दै आएका थिए । जाजरकोटमा भूकम्पपछि ३४ हजार भन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र जेष्ठ नागरिक थप प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds