









थर्कोट समाचारदाता
दाङ, २७ भदौ ।
नेकपा माओवादी केन्द्रको विधार्थी सङ्गठन अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारीको दोस्रो लुम्बिनी प्रदेश सम्मेलन दाङको घोराहीमा सुरु भएको छ । सङ्गठनका प्रदेश उपाध्यक्ष भिमराज खरेलको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको हो । भदौ २७ र २८ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी र १२ जिल्लाका ३ सय ९१ जना प्रतिनिधी दाङको घोराहीमा हुन सुरूभएको नेकपा माओवादी केन्द्रको विधार्थी सङ्गठन अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारीको दोस्रो लुम्बिनी प्रदेश सम्मेलनमा सहभागी भएकाछन । प्रतिनिधिहरूले नयाँ नेतृत्व संगै शैक्षिक आन्दोलनका विषयमा पनि छलफल गर्ने कुरा पार्टीले जानकारी दिएको छ ।


